Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

रोल्पामा जिप दुर्घटना चालकको मृत्यु, अन्य तीन घाइते

१४ बिहिबार , कार्तिक २०८२७ दिन अगाडि

रोल्पामा जिप दुर्घटना चालकको मृत्यु, अन्य तीन घाइते

गएराति रोल्पामा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे ।

सुलिचौरबाट किलाचौर जाँदै गरेकाे  लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जिप धुलेओडार भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उक्त जीप दुर्घटनामा चालक सुनछहरी गाउँपालिका–६, का ३२ वर्षीय थमन रोकामगरको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

राति १० बजेतिरकाे समयमा जिप सडकबाट करिब तीनसय मिटर तल खोलामा खसेकाे थियाे । उक्त जीप दुर्घटनामा परि लुङ्ग्री–७, का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री–४, काे २७ वर्षीय भावना गिरी र उनकी ५ वर्षीय छोरी शान्ति गिरी घाइते भएकाे र घाइतेहरुलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रेफर गरिएको छ ।