Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

१४ बिहिबार , कार्तिक २०८२७ दिन अगाडि

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा)बीच भएको सम्झौताको अवधि सकिनुअघि नै राजीनामा दिएका हुन् ।

अस्ट्रेलियाली प्रशिक्षक रसको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एसियन कप २०२७ को छनोट लगायतका महत्वपूर्ण खेलहरू खेलेको थियो । यसअघि रस एक वर्षको सम्झौतासहित २०८१ फागुन १८ गते नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।