
कपिलवस्तुमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको पूर्व-पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका-१, बनकसबासमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।
काठमाडौँबाट धनगढी जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नं.को यात्रुवाहक बसले एक पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त बसले ठक्कर दिएकाे एक बृद्धको भने मृत्यु भएको छ ।
दुर्घटनामा ठक्कर लागेका उनलाई उपचारका लागि चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ भने मृतकको नाम ठेगाना खुलेकाे छैन । अन्य घाइते यात्रुको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


