
हिँजाेदेखि परेकाे निरन्तर वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षा हुँदा वर्षासँगै आएको लेदोका कारण राजमार्ग अवरुद्ध भएको हाे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उक्त राजमार्गमा वर्षासँगै विभिन्न स्थानमा आएको पहिरो र लेदोका कारण यातयात दुईतर्फी अवरुद्ध भएको बताइएकाे छ ।
राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना र नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो आउँदा दुईतर्फी सडक अवरोध भएको र अवरुद्ध सडक खुलाउन समय लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जनाएका छन् ।
यता निरन्तरकाे वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले रातको समयमा सवारी आवागमनमा रोक लगाएको थियाे । जसअनुसार स्थानीय प्रशासनले एक सूचना जारी गर्दै हिँजाे साँझ ५ बजेदेखि आज बिहान ५ बजेसम्म राेक लगाएकाे थियाे ।


