Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

देशभर माैसम बदलीसँगै वर्षा र हिमपात,आज साँझदेखि क्रमिक सधार

१५ शुक्रबार , कार्तिक २०८२६ दिन अगाडि

देशभर माैसम बदलीसँगै वर्षा र हिमपात,आज साँझदेखि क्रमिक सधार

अहिले देशका अधिकांश भागमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण बदली हुनुका साथै अधिकांश भागमा वर्षा र हिमपात भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको बताइएकाे छ ।

बिहिबारदेखिकाे निरन्तर वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागमा भइरहेकाे हिमपातले जनजिवन कष्टकर बनेकाे छ । यता मौसम पूर्वानुमान महाशाखाले आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने बताएकाे छ ।

महाशाखाले देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको बताउँदै कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने र बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने बताएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने र कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना रहेकाे छ ।

त्यस्तै कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुनेछ भने केही स्थानमा भारी हिमपात हुने सम्भावना रहेकाे छ । भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानमा सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।