
काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-१, सानाेवाङ्थलीमा जंगली जनावरको आतंक बढेको छ । पछिल्लाे समय कातिक १२ र १३ गते दुई दिनमै सानाेवाङ्थलिमा जंगली जनावरको आतंकमा परी दर्जनौं बाख्रा मारिएका छन् ।
कात्तिक १२ गते राति स्थानीय टीकाराम तामाङ र १३ गते राति कृष्णबहादुर विकको गोठमा रहेका ७–७ वटा बाख्रा मारिएका हुन् । उक्त घटनापछि वडाध्यक्ष सुशिल लामाले सुरक्षित बस्न र आफ्नो घरमा पालिएका जनावरलाई सुरक्षित ठाउँमा राख्न स्थानीयलाई आग्रह गरेका छन् ।
संघीय राजधानी काठमाडाैँबाट नजिकैकाे दुरीमा रहेकाे चौरीदेउराली गाउँपालिकाकाे उक्त वडाका धेरैजसो स्थानीय अहिले शहर केन्द्रितकृत भइरहेका छन् । उनीहरु शहर छिरेसँगै गाउँ सुनसान हुँदा जंगली जनावर गाउँ पसेर उपद्रो मच्चाउन थालेका छन् भने रात परेपछि यताउता हिड्डुल गर्न समेत समस्या हुने गरेकाे छ ।
साविकको सानाेवाङथली गाविस वडा नं. ३,४ र ५ का स्थानीयहरू पछिल्लो समय गाउँ नै खाली गरेर शहर पस्न थालेका छन् भने उब्जनी भइरहेका जमिनहरू बाँजाे हुँदे जंगलमा परिणत हुन थालेकाे स्थानीयहरूले बताउन थालेका छन् ।


