Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आजदेखि सरकारी कार्यालय समय एक घण्टा छाेटियाे

१७ आइतबार , कार्तिक २०८२४ दिन अगाडि

आजदेखि सरकारी कार्यालय समय एक घण्टा छाेटियाे

आजदेखि सरकारी कार्यालयकाे समय एक घण्टा छाेटाे हुने भएकाे छ । यसअघि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय समय रहेकाेमा अब बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र हुनेछ ।

सरकारले चालू आर्थिक वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछ । आज कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरु खुल्ने समय घटेकाे हाे ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ भने अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहेको  थियाे । तर, शुक्रबार भने दिउँसो ३ बजेसम्म कार्यालय खुल्ने छ ।

जस अनुसार मुलुकभरका सवै सरकारी कार्यालयहरु आइतबारदेखि बिहीबारसम्म कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० देखि दिउँसाे ४:०० बजेसम्म र शुक्रबार बिहान १०:०० देखि दिउँसाे ३ :०० बजेसम्म खुल्ने छ ।