Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु

१७ आइतबार , कार्तिक २०८२४ दिन अगाडि

बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु

धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । हिँजाे साँझ धनुषाकाे पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिका-१, वीरेन्द्र बजारमा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएकाे हाे ।

उक्त दुर्घटनामा एकै परिवारका तीन सदस्यसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटो रिक्सालाई ठक्कर दिएर भएकाे उक्त दुर्घटनामा परि दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा एकै परिवारका सदस्यहरू गणेशमान चारनाथ नगरपालिका-१, भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र ३५ वर्षीया निशा मगर र अटो रिक्साका चालक अन्दाजी ४० वर्षीय डम्बर राईको मृत्यु भएको थियाे ।

निरीक्षक तोसीका अनुसार दुर्घटनामा १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएकाे र उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको बताइएकाे छ । दुर्घटना पछि बस चालकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।