
हाल पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानमा मौसम बदली भई हल्का वर्षाको सम्भावना रहेकाे छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनुका साथै उक्त प्रदेशकाे एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरि उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएकाे छ भने देशका बाँकी प्रदेशमा मौसम सफा रहने बताइएकाे छ ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसकाे प्रभावले बिहानैदेखि पहाडी क्षेत्रमा आंशिक बदली देखिएको पनि विभागले जनाएकाे छ । विभागले हल्का वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका सबैलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
त्यस्तै उच्च पहाडी भेगमा यात्रा गर्नेहरूलाई चिसोबाट बच्न र हिमपातको सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी गर्न पनि विभागले सुझाव दिएको छ ।


