Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

राष्ट्रपति विश्व शिखर सम्मेलनका लागि कतार प्रस्थान

१८ सोमबार , कार्तिक २०८२३ दिन अगाडि

राष्ट्रपति विश्व शिखर सम्मेलनका लागि कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । राष्ट्रपति  पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान गरेका हुन् ।

यही कात्तिक १८ देखि २० गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति  पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

राष्ट्रपति  पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार एअरवेजको उडान मार्फत कतार प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेलले भोलि सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।