Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा वृद्धि

१८ सोमबार , कार्तिक २०८२३ दिन अगाडि

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा वृद्धि

केहि समय निरन्तर उकालो लागेको सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । नेपाली बजारमा झन्डै २ लाख ६० हजार हाराहारी पुगेको सुनको मूल्य घटेर प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा आएर स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोहि मूल्य अघिल्लो दिन आइतबार पनि रहेको थियो ।

यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार ३ हजार ६० रुपैयाँमा पुगेको छ ।

आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५ हजार ५ सय ४ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६ सय २३ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको महासंघले जनाएको छ ।