Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

लागु औषधसहित २ जना पक्राउ

१८ सोमबार , कार्तिक २०८२३ दिन अगाडि

लागु औषधसहित २ जना पक्राउ

काठमाडौँको चन्द्रागिरि लागु औषधसहित २ जना पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरि नगरपालिका-२, स्थित बसुन्डोलबाट २ जनालाई पक्राउ गरेको हो ।

लागु औषधसहित पक्राउ पर्नेमा चन्द्रागिरि-२, नागढुंगा घर भएका २८ वर्षीय निकेश कार्की र २४ वर्षीय सन्दीप भुजेल रहेका छन् । हिँजो प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी सहायक हवल्दार किशोर खत्री नेतृत्वको टिमले चेकजाँच गर्दा उनीहरूको साथमा लागुऔषध फेला परी पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले ट्रामाडोल ५०३ क्याप्सुल बरामद गरेको छ भने उनीहरु सवार बा.८० प ८९१५ नम्बरको एनएस मोटरसाइकल पनि बरामद गरेको छ । हाल दुबैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।