Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

गोरखाको तातोपानीमा अलपत्रको उद्धार

१९ मंगलबार , कार्तिक २०८२३ महिना अगाडि

गोरखाको तातोपानीमा अलपत्रको उद्धार

गोरखा जिल्लाको धार्चे गाउँपालिका–३ स्थित तातोपानी ईलाकामा अलपत्र परेकाहरुको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।
गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।
सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरुको उद्धार गरी माछीखोलातर्फ पठाएको छ । उद्धार गरीएकाहरुको अवस्था भने सामान्य रहेको छ ।