Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई सम्मान

१९ मंगलबार , कार्तिक २०८२३ दिन अगाडि

वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई सम्मान

२०८२ कात्तिक १७, पोखरा ।
दार्जीलिङ, भारतबाट पोखरामा आउनु भएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासकी बोर्ड अफ ट्रस्टी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गर्‍यो ।

सोही अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको विभागीय पुस्तकालयमा सुब्बाले पुस्तक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै सुब्बाले भन्नु भयो – जीवनमा सुखदुख जे प्राप्त हुन्छ त्यसलाई खुसिसाथ ग्रहण गर्दा जीवनमा शान्ति प्राप्त हुन्छ भन्नुभयो ।

वरिष्ठ कथाकार सुब्बाका कथाक्रम १९८४, हस्पिस २००३, शीतलहर २०१३ कथाकृतिहरुलगायत दर्जनौं कृतिहरु प्रकाशित रहेका छन् । सुब्बाले मैनाली कथा पुरस्कार, दियालो, अगमसिह गिरी, साहित्य अकादमी, अनेसास विशिस्ट सम्मानलगायत अनेकौं पुरस्कार र सम्मानहरु पाउनु भएको छ ।

सो कार्यक्रम नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा शब्द तथा खादाका माध्यमबाट  डा. तिमिल्सिनाले स्वागत गरेका थिए ।

वरिष्ठ आख्यानकार विन्द्या सुब्बाको साहित्यक योगदानका बारेमा वरिष्ठ संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा डा. पूण्यप्रसाद शर्मा, डा. श्रीधर न्यौपाने, उपप्राध्यापक निर्मल सापकोटा लगायत प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेकमे थियो ।