Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पश्चिमी भूभागमा हल्का वर्षा,उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

१९ मंगलबार , कार्तिक २०८२एक दिन अगाडि

पश्चिमी भूभागमा हल्का वर्षा,उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

नेपालमा पश्चिमी वायुको आंशिक प्रभावकाे कारण मौसममा परिवर्तन आउँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने र अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
 
अहिले पश्चिमी वायुको आंशिक प्रभावले गर्दा कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली हुने बताइएकाे छ ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली हुनुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।