Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेसँगै लाइन जाेडियाे

१९ मंगलबार , कार्तिक २०८२एक दिन अगाडि

चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेसँगै लाइन जाेडियाे

रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेसँगै उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ । हिँजाे डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगले पहिलो किस्तावापतको रकम तिरेका थिए ।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । पहिलो किस्त तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको हाे ।

कार्यकारी निर्देशक सिलवालका अनुसार ती उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन् । जसअनुसार पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार बक्यौता रहेकोमा बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका हुन् ।