Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

हर्क साम्पाङको श्रम संस्कृति पार्टी

२० बुधबार , कार्तिक २०८२९ घण्टा अगाडि

हर्क साम्पाङको श्रम संस्कृति पार्टी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ । यो पार्टीको चुनाव चिन्ह माटाको ढिस्को राखिएको छ ।
पार्टी दर्ता भयो, अब चुनाव लडिन्छ, उत्पादन र रोजगारीका लागि काम गरिन्छ भनेर मेयर हर्क साम्पाङले खुशीयाली प्रकट गरेका छन् ।
भक्तपुरका नारायणमान बिजुक्छेको नेमकिपाजस्तै धरानका हर्क साम्पाङको श्रम संस्कृति पार्टीको आफ्नै पहिचान हुनसक्ने र सबै जातिका युवासूहले यो पार्टी र पार्टीको उद्देश्य बोक्ने देखिन्छ ।
आगामी फागुन २१ गते चुनाव घोषणा गरिएको छ । यो चुनाव हुने नहुने विवाद कायमै रहे पनि चुनावको विपक्षमा अर्थात् संसद पुनस्र्थापनाको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकाले चुनावको विकल्प देखिदैन । चुनावका लागि तैयार नभएको र संसद पुनस्र्थापना गर्न सडक प्रदर्शन गर्न एमाले अग्रसर भएको छ । अन्य दलहरू आन्तरिक एकता मिलाउन र चुनावका लागि संगठनको तैयारीमा जुटेको स्थिति देखिन थालेको छ ।