Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

नेपालले त्रिदेशीय शृङ्खलाको अन्तिम खेल युएईसँग खेल्दै

२० बुधबार , कार्तिक २०८२७ घण्टा अगाडि

नेपालले त्रिदेशीय शृङ्खलाको अन्तिम खेल युएईसँग खेल्दै

युएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतकाे अन्तिम खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । युएईकाे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे खेल सुरु हुनेछ ।

नेपाल,अमेरिका र युएईकाे त्रिदेशीय शृङ्खलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्न लागेकाे र यो खेल नेपालका लागि प्रतिष्ठा जोगाउने अन्तिम अवसर हो ।

जारी शृङ्खलामा नेपालले लगातार तीन हार बेहोरेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनको फराकिलो हार बेहाेरेकाे नेपालले दोस्रो खेलमा युएईसँग ५ विकेटको पराजय र तेस्रो खेलमा फेरि अमेरिकासँगै चार विकेटको हारले नेपाली टोली दबाबमा रहेकाे छ । आजको खेल जित्नै पर्ने बाध्यताका साथ नेपाल मैदानमा उत्रँदैछ ।

अमेरिका, नेपाल र युएई सम्मिलित यो शृङ्खलामा अपराजित रहँदै अमेरिका शीर्ष स्थानमा रहेकाे छ भने यता आयोजक युएईलाई पनि नेपालसँगको खेल जित्नुपर्ने दबाब उत्तिकै रहेकाे छ । अंक तालिकामा पनि अमेरिका २४ खेलबाट ३६ अंक जोड्दै बलियो स्थितिमा हुँदा १९ खेल खेलेको नेपालको १२ अंक रहेकाे छ भने समान १९ खेल खेलेको युएई मात्र ८ अंकका साथ पुछारमा छ ।