Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

वडाअध्यक्षबाट मालिस गराउने पालिका अध्यक्षले दिए राजीनामा

२० बुधबार , कार्तिक २०८२६ घण्टा अगाडि

वडाअध्यक्षबाट मालिस गराउने पालिका अध्यक्षले दिए राजीनामा

कार्यालमै वडाअध्यक्षबाट मालिस गराएर विवादमा आएका गाउँपालिकाका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका हुन् ।

गाउँपालिकाका अध्यक्ष चौधरीले दिएको राजीनामा स्वीकृत समेत भएको छ । हिँजाे मंगलबार बसेको कार्यपालिका बैठकले राजीनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिएकि छन् । उपाध्यक्षलाई सम्बोधन गर्दै लेखेका राजीनामा पत्रमा चौधरीले पदमा रहेर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन् । ‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु,’ राजीनामा पत्रमा छ ।

यसअघि चौधरीले उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । उक्त भिडियाे भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए । चौधरी नेकपा एमालेबाट गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएका थिए ।