Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइँने

२० बुधबार , कार्तिक २०८२५ महिना अगाडि

रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइँने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याउने भएकाे छ । जेन–जी आन्दोलनको जाँचबुझका लागि सरकारले बनाएको छानबिन आयोगले बयानका लागि लामिछानेलाई बोलाएको हो ।

आज नख्खु प्रकरणका विषयमा लामिछानेलाई बयानका लागि दिउँसो १ बजे सिंहदरबार ल्याइँने बताइएको छ । गत भदौ २४ गते नख्खु जेलबाट निस्किएको विषयमा उनीमाथि सार्वजनिक प्रश्च उठेका छ भने यसअघि नख्खु जेल प्रशासनसँग पनि आयोगका पदाधिकारीले बयान लिइसकेका छन् ।

गत भदाै २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ ।