Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

केन्द्रीय कारागारबाट भागेका कैदी पक्राउ

२० बुधबार , कार्तिक २०८२५ घण्टा अगाडि

केन्द्रीय कारागारबाट भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीलाई नयाँ बसपार्कबाट पक्राउ गरिएकाे छ । प्रहरीले झापा दमक ९ घर भएका २२ वर्षीय पर्वत भट्टराईलाई नयाँ बसपार्क गेट नजिकबाट पक्राउ गरेकाे हाे ।

भट्टराई जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए । भट्टराईलाई नयाँ बसपार्क गेट नजिकैबाट गोंगबुबाट नियमित गस्ती पेट्रोलिङमा खटिएको प्रहरको टोलीले पक्राउ गरेको बताइएकाे छ ।

शंकस्पद अवस्थामा हिँडिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिए पश्चात् आवश्यक सोधपुछ गर्दा उनी लागू औषध तथा चोरी मुद्दामा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेको खुलेको छ ।