Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

कतै हल्का वर्षा कतै हिमपात

२१ बिहिबार , कार्तिक २०८२१२ घण्टा अगाडि

कतै हल्का वर्षा कतै हिमपात

नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशका केही क्षेत्रमा मौसममा परिवर्तन हुँदा हल्का वर्षा र हिमपातकाे सम्भावना रहेकाे छ । उक्त प्रणालीका कारण बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने बताइएकाे छ । विशेष गरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको हुनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरि आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएपनि देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न यात्रा गर्ने तथा बाहिरी गतिविधिमा संलग्न हुनेहरूलाई मौसमको जानकारी लिएर सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।