Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

लागुऔषधसहित चार युवा पक्राउ

२१ बिहिबार , कार्तिक २०८२२ महिना अगाडि

लागुऔषधसहित चार युवा पक्राउ

काठमाडौंको टोखाबाट लागुऔषधसहित चार युवा पक्राउ परेका छन् । टोखा नगरपालिका–९, गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको कोठाबाट लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज लामा-३२, सुजल विश्वकर्मा-२८, बिदुर याङ्बो-३१ र रोमन राई-१९ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।