Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

लागुऔषधसहित चार युवा पक्राउ

२१ बिहिबार , कार्तिक २०८२५ महिना अगाडि

लागुऔषधसहित चार युवा पक्राउ

काठमाडौंको टोखाबाट लागुऔषधसहित चार युवा पक्राउ परेका छन् । टोखा नगरपालिका–९, गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको कोठाबाट लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज लामा-३२, सुजल विश्वकर्मा-२८, बिदुर याङ्बो-३१ र रोमन राई-१९ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।