
आज नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य बृद्धि भएकाे छ । आज छापावाल सुनको मुल्य तोलाको ६ सय र चाँदी तोलाको २० रुपैयाँले बृद्धि भएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि हिँजाे बुधबार सुन तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो ।
त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको बताइएकाे छ ।


