Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दार्चुलामा भूकम्पको धक्का

२२ शुक्रबार , कार्तिक २०८२एक दिन अगाडि

दार्चुलामा भूकम्पको धक्का

गएराति दार्चुलामा भूकम्प गएको छ । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर राति १० बजेर ४० मिनेटमा ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

दार्चुलालाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्प नेपाल भारत सीमालगायतका आसपासका क्षेत्रमा महशुस गरिएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । गएराति गएको भूकम्पबाट क्षति भएनभएको कुनै विवरण प्राप्त भएको छैन ।

यसअघि उअत असोज २८ गते राति १ बजेर ८ मिनेटमा बझाङको दान्तोला केन्द्र बनाएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । पश्चिम नेपालका विभिन्न जिल्लामा बेलाबेलामा भुकम्प जाने गरेकाे छ ।