
विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गरेका छन् । सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण पूर्णरुपमा बन्द गरेका हुन् ।
स्थानीयले आफ्ना माग पूरा नभएसम्म पानी पथान्तरण पूर्णरुपमा बन्द गरेका हुन् । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ ।
त्यसैगरी स्थानीयले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरुको सम्पती विवरण सार्वजनिक गर्नसमेत माग गरेका छन् ।


