Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

कोरला भन्सारबाट तीन महिनामा ३ अर्ब २ करोड बढी राजस्व संकलन

२२ शुक्रबार , कार्तिक २०८२एक दिन अगाडि

कोरला भन्सारबाट तीन महिनामा ३ अर्ब २ करोड बढी राजस्व संकलन

नेपालको उत्तरी नाका कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा ३ अर्ब २ करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा उक्त भन्सार कार्यालयले ३ अर्ब २ करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको हो ।

तीन महिनाको अवधिमा उक्त भन्सारबाट १ हजार ४ सय ९८ वटा विद्युतीय सवारीसाधनका साथै ६ सय ७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । उक्त नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्‍याएको भन्सार प्रमुख रमेश खड्काले जनाएका छन् ।

वर्षा र बाढीपहिरोका कारण तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चीनसँग समान आयातनिर्यात भइरहेको छ ।