Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि

२२ शुक्रबार , कार्तिक २०८२एक दिन अगाडि

सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि

नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बिहीबार तोलाको ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार २० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५ सय ८९ रुपैयाँमा कारोबार भइरहेको छ ।