Advertisement Banner
Advertisement Banner

२४ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पहाडी तथा हिमाली भागमा आंशिक बदली

२४ आइतबार , कार्तिक २०८२४ घण्टा अगाडि

पहाडी तथा हिमाली भागमा आंशिक बदली

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसमी प्रणालीमा कुने प्रभाव नरहे पनि पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ भने अन्यत्रकाे माैसमा मौसम सामान्यतया सफा रहने छ ।

आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहेकाे छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखिएकाे महाशाखाले जनाएकाे छ । त्यस्तै दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली रहने सम्भावना रहेकाे बताइएकाे छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । रातिकाे समयमा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने महाशाखाले बताएकाे छ ।

यता महाशाखाले उच्च पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ ।