Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

भारतसँग जोडिएका नाका ३ दिन बन्द

२४ आइतबार , कार्तिक २०८२९ महिना अगाडि

भारतसँग जोडिएका नाका ३ दिन बन्द

भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएकाे सप्तरीको सीमावर्ती नाका तीन दिनका लागि बन्द गरिने भएको छ । सप्तरीको सीमावर्ती नाका आज रातिदेखि बन्द गरिने भएको हाे ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक गरेको सूचना अनुसार भारतको विहार राज्यमा हुने विधान सभा निर्वाचनका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनका लागि बन्द गरिने निर्णय गरिएको बताइएकाे छ ।

यही कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्मका लागि सीमानाका बन्द गरिने सूचनामा उल्लेख गरिएकाे छ । उक्त बन्द गरिएकाे अवधिभर भारतको विहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।