Advertisement Banner
Advertisement Banner

१३ शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२४ आइतबार , कार्तिक २०८२८ महिना अगाडि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाैँडा उपमहानगरपालिका–९, मास्टरचोकमा यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हाे ।

जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेकाे बा.प्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जनाएका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकाेमा तत्काल चिकित्सकले मृत घोषणा गरेको हाे । ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६, का ३३ वर्षीय सुजयकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएकाे छ ।