Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

सुनको मूल्यमा सामान्य बृद्धि हुँदा चाँदीकाे मूल्य घट्याे

२४ आइतबार , कार्तिक २०८२एक महिना अगाडि

सुनको मूल्यमा सामान्य बृद्धि हुँदा चाँदीकाे मूल्य घट्याे

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएकाे छ भने चाँदीकाे मूल्य घटेको छ । सुनकाे मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर आज सुनको मूल्य २ लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएकाे शुक्रवार प्रतितोला सुन २ लाख ३८ हजार ४ सयमा काराेबार भएको थियो । अघिल्लो दिन बिहाबार सुन तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भएको थियो भने शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेको थियाे ।

त्यसैगरि आज चाँदीको मूल्य सामान्य घटेको छ । आज ताेलामा ५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।