
राष्ट्रिय परीक्षा बोर्डले गत असोज ७ र ८ गते लिएकाे कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले सार्वजनिक गरेका नतिजा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
आज बोर्ड बैठक बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका छन् भने ४ जनाको परीक्षाफल रद्द गरिएको बताइएका छ ।
गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । आज सार्वजनिक भएकाे नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा एसएमएस गर्नुपर्ने बोर्डले जनाएकाे छ ।


