Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

शिक्षकलाई राजनीति नगर्न चेतावनी

२५ सोमबार , कार्तिक २०८२१० महिना अगाडि

शिक्षकलाई राजनीति नगर्न चेतावनी

शिक्षकहरूलाई राजनीतिक गतिविधिमा संलग्न नहुन शिक्षामन्त्री महावीर पुनले चेतावनी दिएका छन् । मन्त्री पुनले शिक्षकहरूलाई राजनीतिक क्रियाकलापमा संलग्न नहुन ध्यानाकर्षण गराउँदै संलग्न भएको प्रमाणित भए पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका हुन् ।

मन्त्री पुनले एक सूचना जारी गर्दै सूचनामा भने, “कुनै पनि पेशागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत व्यक्तिलाई पेशागत हकहित र अधिकारका लागि सौदाबाजी गर्न बाहेक अन्य कुनै राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन।”

त्यसैगरि सूचनामा थप भनिएको छ, “राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा सम्बन्धित शिक्षकलाई पदबाट बर्खास्त गर्न सकिने कानुनी व्यवस्था रहेको विषयमा सबैको ध्यानाकर्षण गराउँछौं।”