Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

तुरतुरे चाम्बास सडक दैनिक साढे ६ घण्टा बन्द गरिँदै

२५ सोमबार , कार्तिक २०८२९ महिना अगाडि

तुरतुरे चाम्बास सडक दैनिक साढे ६ घण्टा बन्द गरिँदै

तनहुँकाे भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक दैनिक साढे ६ घण्टा बन्द गरिने भएकाे छ । डुम्रे बेसीशहर सडकखण्डअन्तर्गतकाे तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे ६ घण्टा बन्द गर्न लागिएकाे हाे ।

उक्त सडकखण्डकाे ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि आज कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द गर्न लागिएकाे हाे । सडक विस्तार क्रममा सम्भावित दुर्घटना तथा जोखिम न्यूनीकरण गर्न कार्यप्रगतिमा सहजीकरणको लागि डुम्रे बेसीशहर चामे सडक योजनाबाट अनुरोध भएकाेमा उक्त खण्ड बन्द गर्न लागेको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त सडकखण्ड बिहान ६:३० बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुने बताइएकाे छ । उक्त समयावधिमा तुरतुरे पालुङटार खत्रीटार हुँदै विमलनगर निस्किएर वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रशासकीय अधिकृत श्रेष्ठले जनाएका छन् ।