Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुनकाे मूल्य झण्डै तीन हजारले बढयाे

२५ सोमबार , कार्तिक २०८२७ घण्टा अगाडि

सुनकाे मूल्य झण्डै तीन हजारले बढयाे

केहि दिनदेखि सामान्य घटबढ भइरहेकाे सुनकाे मूल्य आज झण्डै ३ हजारले बढेकाे छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाकाे २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ताेलाकाे ५० रुपैयाँले बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा काराेबार भएको थियो ।