Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

फेरि उकालाे लाग्याे सुनकाे मूल्य

२६ मंगलबार , कार्तिक २०८२३ महिना अगाडि

फेरि उकालाे लाग्याे सुनकाे मूल्य

केहि समय सामान्य अवस्थामा रहेकाे सुनकाे मूल्य फेरि निरन्तर उकालाे लाग्न थालेकाे छ । हिँजाे साेमबार २ हजार ९ सयले बढेकाे सुनकाे मूल्य आज फेरि ४ हजार ९ सयले बढेकाे नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सयमा काराेबार भइरहेकाे छ । हिँजाे सोमबार सुन तोलाकाे २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि आज चाँदीको पनि मूल्य बढेको छ । आज चाँदी ताेलाकाे १०५ रुपैयाँले बढेर ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा काराेबार भएको थियो ।