
अहिले मुलुकभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले केहि प्रदेशकाे पहाडी भूभागमा आंशिक बदली भएपनि बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको बताइएकाे छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । त्यस्तै आज राति गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।


