Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायाे

२७ बुधबार , कार्तिक २०८२१५ घण्टा अगाडि

सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायाे

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त कम्पनीले पहिलो किस्ता तिरेसँगै अहिले बिजुलीको लाइन जोडिदिएको बताइएकाे छ ।

सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौताको पहिलो किस्ताबापत ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइन जाेडिएकाे हाे । प्राधिकरणका अनुसार उक्त उद्योगको २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो पहिलाे किस्ताकाे रकम दाखिला गरेको र उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले कातिक ७ गते बिजुलीको लाइन काटेको थियो । हिँजाे मंगलबार बक्यौताको पहिलो किस्ता ८६ लाख ३० हजार बुझाएपछि लाइन जोडिदिएको प्राधिकरणले जनाएको छ ।