Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

२७ बुधबार , कार्तिक २०८२३ महिना अगाडि

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य थोरै वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ भने चाँदीको प्रतितोला ५ रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हिँजोको तुलनामा २ हजार १ सय रुपैयाँले कम हो । हिँजो मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको छ । हिँजो चाँदी ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । उक्त मूल्य सुनको इतिहासमै उच्च हो ।