
आज प्रतितोला सुनको मूल्य झन्डै ६ हजारले ले वृद्धि भएको छ । हिजोको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले वृद्धि भएको हो ।
नयाँ मूल्य अनुसार आज नेपाली बजारमा प्रतितोला सुनको मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक तोला सुन २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मोल पनि तोलाको १ सय ७० रुपैयाँले बढेको छ । आज चाँदी ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार एक तोला चाँदी ३ हजार १ सय ७५ मा खरिदबिक्री भएको थियो ।


