Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

निवर्तमान आईजीपीलाई विदेश भ्रमण र अनुमति बिना काठमाडौँ छाड्न रोक

२८ बिहिबार , कार्तिक २०८२१० महिना अगाडि

निवर्तमान आईजीपीलाई विदेश भ्रमण र अनुमति बिना काठमाडौँ छाड्न रोक

आजबाट सेवा निवृत्त भइ निवर्तमान बनेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश जान र अनुमति बिना काठमाडौँ छाड्न रोक लगाइएको छ ।  

गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको आज बसेको बैठकले खापुङलाई हाललाई विदेश प्रस्थानमा र काठमाडौं उपत्यका बाहिर जान नपाउने गरि रोक लगाउने निर्णय गरेको हो ।

आयोगको अनुमति बिना खापुङलाई विदेश र काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था गरेको हो । आयोगले घटनासँग सम्बन्धित प्रमाण संकलन तथा छानबिन प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’