Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

आज विश्व मधुमेह दिवस मनाइँदै

२९ शुक्रबार , कार्तिक २०८२३ दिन अगाडि

आज विश्व मधुमेह दिवस मनाइँदै

आज विश्व मधुमेह दिवस नेपाल लगायत विश्वभर विविध खाले चेतनामूलक कार्यक्रमकाे आयाेजना गरि मनाइँदैछ । सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन थालिएकाे याे दिवसले मधुमेह राेगको रोकथाम र उपचारमा विशेष प्राथमिकता दिएकाे छ ।

संयुक्त राष्ट्रसंघले मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई प्रोत्साहन गर्दै आएको छ । सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित रहेकाे थिए भने १९८० मा १० यो समस्याबाट पीडित रहेकाे विश्व स्वास्थ्य सङ्गठनकाे तथ्याङ्कमा उल्लेख गरिएकाे थियाे ।

मधुमेह रोग मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण बढ्दै गएको छ भने स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हाे । बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।