Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

विश्वकै अग्लो स्थानमा कुस्ती प्रतियोगिता हुँदै

२९ शुक्रबार , कार्तिक २०८२३ दिन अगाडि

विश्वकै अग्लो स्थानमा कुस्ती प्रतियोगिता हुँदै

विश्वकै अग्लो स्थानमा रहेकाे मनाङ जिल्लामा पर्ने विश्वप्रसिद्ध तिलिचो तालमा कुस्ती प्रतियोगिता आयोजना हुँदैछ । आगामी मङ्सिरमा विश्वकै अग्लो स्थान ४,९१९ मिटर उचाइमा रहेकाे तिलिचो तालमा उक्त प्रतियाेगिता हुन लागेकाे हाे ।

नेपाल महिला कुस्ती फाउन्डेसनकाे आयोजनामा हुन लागेकाे प्रतियाेगितामा आठ देशका १२ जना कुस्ती खेलाडीहरूले सहभागिता जनाउने बताइएकाे छ । नेपालकी पहिलो महिला अन्तर्राष्ट्रिय कुस्ती खेलाडी भगवती खड्काको नेतृत्वमा प्रतियाेगिता आयोजना हुनेछ ।

प्रतियाेगितामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, पाकिस्तान, सिंगापुर र नेपालका खेलाडीहरूले भाग लिनेछन् । यस आयोजनाले ‘विश्वकै अग्लो स्थानमा आयोजना गरिएको कुस्ती प्रतियोगिता’को रूपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने लक्ष्य राखेको छ भने स्थानीय प्रशासन, सुरक्षा निकायहरूको सहकार्यमा आयोजना सम्पन्न गरिनेछ ।

नेपाली महिला कुस्ती खेलाडीहरूको अन्तर्राष्ट्रिय पहिचान बढाउने, साहसिक खेलकुदलाई प्रवर्दन गर्ने र मनाङको पर्यटन विकासलाई गति दिने उद्देश्यले प्रतियाेगिता आयोजना गर्न लागिएकाे र यसले मनाङको स्थानीय अर्थतन्त्र र पर्यटन उद्योगमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएकाे छ ।