Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अनुसन्धानका कागजात उपलब्ध गराइदिन आग्रह

२९ शुक्रबार , कार्तिक २०८२९ महिना अगाडि

अनुसन्धानका कागजात उपलब्ध गराइदिन आग्रह

अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन जिल्ला प्रहरी परिसर काठमाडौँले आग्रह गरेको छ । परिसरले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।    

काठमाडौं उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जनाएका छन् ।

उक्त कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सजिलाे हुने प्रहरीको भनाइ रहेकाे छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर मा कागजात उपलब्ध गराइदिन समेत आग्रह गरेको हो ।