Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा दर्ता गर्न सकिने

२९ शुक्रबार , कार्तिक २०८२९ महिना अगाडि

राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा दर्ता गर्न सकिने

मतदाता नामावलीमा नाम दर्ता गर्न ताेकिएकाे समय सकिनै लाग्दा नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त व्यवस्था गरिएकाे जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताउँदै उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुनपर्ने भएकाे हाे । उक्त मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुने बताइएकाे छ ।

जसअनुसार पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ । त्यस्तै दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ । 
त्यसैगरि मतदाता दर्ता प्रक्रियाकाे तेस्रो चरणमा मतदानस्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्न सकिने र चौथो चरणमा सबै विवरण अन्तिम पटक जाँच गरी फारम अनलाइनमार्फत पेस गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुने बताइएकाे छ ।