
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको हो ।
आज प्रतितोला सुनको मोल ५ सयले घटेको छ । घटेको मूल्य अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ४९ हजार ७ कायम भएको छ । हिँजो बिहीबार एक तोला सुन २ लाख ५० हजार २ सयमा कारोबार भएको थियो ।
त्यसैगरी प्रतितोला चाँदीमा आज ६० रुपैयाँ घटेको छ । चाँदी ३ हजार २ सय ८५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


