Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पेट्रोल र डिजेलको भाउ बढ्याे

०१ आइतबार , मंसिर २०८२२१ घण्टा अगाडि

पेट्रोल र डिजेलको भाउ बढ्याे

नेपाल आयल निगमले गएराति १२ बजेपछि लागु हुनेगरि पेट्रोल र डिजेलको भाउ बढाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ प्रतिलिटर २ रूपैयाँ र डिजेल-मट्टीतेलको ३ रूपैयाँ बढाएको हो ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको खरिद मूल्य अनुसार नयाँ भाउ तोकेको बताइएकाे छ । मूल्य बढेसँगै अब काठमाडौंमा पेट्रोलको भाउ १६१ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल-मट्टीतेल लिटरको १४७ रूपैयाँ पर्नेछ ।

नयाँ बढेकाे मूल्य अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १५८ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यसैगरि डिजेलरमट्टीतेल लिटरको १४४ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १६० रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेलरमट्टीतेल लिटरको १४६ रूपैयाँ पर्नेछ । त्यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १६१ रूपैयाँ र डिजेल र मट्टीतेलकाे प्रतिलिटर १४७ रूपैयाँ पर्नेछ ।