Advertisement Banner
Advertisement Banner

०२ सोमबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने

०१ आइतबार , मंसिर २०८२२० घण्टा अगाडि

पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने

अहिले मुलुकभर कुनै पनि चापिय प्रणाली नभए पनि देशका विभिन्न भूभागमा मौसमको अवस्था मिश्रित देखिएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छाएको छ भने अन्य भागकाे माैसम सफा रहेकाे जल तथा मौसम विज्ञान महाशाखाले जनाएकाे छ ।  

त्यसैगरि आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली जारी रहने महाशाखाले जनाएकाे छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली कायम रहने छ भने उक्त क्षेत्रमा रातिको समयमा पनि बादल मडारिरहन सक्छ । अरू भूभागकाे माैसम भने मुख्यतया सफा रहनुका साथै रातिको समयमा स्वच्छ आकाश देख्न सकिने बताइएकाे छ ।