
नेपाली बजारमा सुनचाँदीकाे मूल्यमा घटबढ भइरहेकाे अहिलेकाे अवस्थामा आज झण्डै ७ हजार रूपैयाँले सुनकाे मूल्यमा गिरावट आएको छ । साताकाे पहिलाे काराेबारकाे दिन आज आइतबार सुन प्रतिताेला ६ हजार ९ सय रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्यमा प्रति तोला ६ हजार ९ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने यसअघि शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ४९ हजार ७ सय रुपैयाँ रहेकाे थियो ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रति तोला ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य आज आइतबार १ सय ५० रूपैयाँले घटेर ३ हजार १ सय ३५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६ सय ८८ रुपैयाँमा कारोबार भइरहेको बताइएकाे छ ।


